भीरबाट लडेर एक युवतीको मृत्यु


ओखलढुंगा । घाँस काट्न गएकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका ६ भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगर रहेकी छन् । भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मृत्यु भएको अवस्थामा कविताको शव फेला पारेको थियो। मृतकको शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको प्रहरीले जनाएको छ।