वडाअध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा एक पक्राउ


काठमाडौं । वडाअध्यक्षको फर्जी हस्ताक्षर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा  प्रहरीले मंगलबार बालाजुस्थित अटोपार्टसका कर्मचारी रविन खत्रीलाई पक्राउ गरेको छ ।

उनले आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई रविनले पेश गरेको फाइल जिम्मा लगाएको रिजालले जानकारी दिए । अटो पार्टसका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको र अरू थप आफूलाई थापा नभएको कार्कीले प्रारम्भिक बयान दिएको प्रहरिले बताएको छ ।

थप अनुसन्धानका लागी कार्काीलाई हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेले जनाएको छ ।