चार तले भवन भत्किँदा ५० जना फसेको आशङ्का


मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् । रासस