जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु


चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ का ६२ बर्षका कान्छो दराई रहेका छन् ।

सौराहा जाने क्रममा बाघमारा सामुदायिक वन नजिक उनलाई हात्तीले आक्रमण गरेको थियो ।

मृतकको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।