मुक्त हलियाहरुको तथ्यांङ्क पुनः संङ्कलन गर्न माग गर्दै ज्ञापन पत्र पेश

0
Shares

विमल विष्ट, डोटी । डोटी जिल्लामा रहेका मुक्त हलियाहरुको तथ्यांङ्क संङ्कलन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ६ बुदे ज्ञापनपत्र पेस गरिएको छ ।

जिल्लामा कयौ मुक्त हलियाहरुको तथ्यांङ्क संङ्कलन गर्न छुट भएको भन्दै छुट भएका मुक्त हलियाको तथ्यांङ्क संङ्कलन गरिनु पर्ने माग सहित मुक्त हलिया महासंघका कोषाअध्यक्ष लक्ष्मी नेपालीले उक्त ज्ञापनपत्र बुझाउनु भएको हो । जिल्लामा एक पटक मात्रै तथ्यांङ्क संङ्कलन गरिएकाले धेरै मुक्त हलियाहरु उक्त तथ्यांङ्कमा नपरेकाले पुनः अर्को पटक तथ्यांङ्क संङ्कलन गरिनु पर्ने उक्त ज्ञापन पत्रमा लेखिएको छ ।

ज्ञापनपत्रमा छुटेका हलियाहरुको लगत लिनु पर्ने, पहिचान भएका हलियाको उचित पुर्नस्थापना हुनुपर्ने, हलियाका बारेमा अध्ययन गर्नका लागि सरकारी तथा सरोकारवालाको संयुक्त टोली गठन गरी हलिया समस्याको अध्ययन गर्नु पर्ने, स्थानीय तहबाट नै हलियाको पहिचान गरी परिचयपत्र वितरण गर्नु पर्ने, एकीकृत बधुवा श्रम निषेध गर्न बनेको मस्यौदालाई पारित गरि कानुनी निर्माण गर्नु पर्ने माग राखेका छन् ।

मुक्त हलिया पुर्नस्थापना कार्य दलका संयोजक समेत रहेका डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले हलियाको समस्याका लागि सरकारले दीर्घकालीन समाधान गर्नका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ज्ञापनपत्र मन्त्रालयमा छिट्टै पठाईने छ र मुक्त हलियाका विषयमा सरकारले केही ठोस कदम अवस्य चाल्ने छ ।”