झापामा लागूऔषध सेवनमा नाबालकको संख्या बढ्दो


उत्तम नेपाल, भद्रपुर । झापामा पछिल्लो समय लागूऔषधमा नाबालकहरुको प्रयोग बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा पछिल्लो समय नाबालकहरु दुव्र्यसनमा समेत फस्दै गएको उल्लेख छ । चालू आर्थिक वर्ष ०७५–०७६ को हालसम्ममा यस्तो अभियोगमा १७ जना नाबालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस अवधिमा १५ महिला र एक सय ५४ जना पुरुषसहित एक सय ८६ जनालाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेका मध्ये एक १३ जना विरुद्ध मुद्दा दर्ता गरिएको र नाबालकहरुलाई सुधार गृह तथा अभिभावकको जिम्मा लगाइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संलग्न मध्ये हालसम्म एक जना फरार रहेको बताइएको छ । प्रहरीले पक्राउ परेकाहरुका साथबाट १० लाख ३७ हजार दुई सय ४० रुपैयाँ बराबरको डाइजेपाम, लुपिजेसिक, फेनारगन, नाईट्रोसन, ब्राउन सुगर, गाँजा, नाईट्राभेट चरेश लगायतका लागू औषध बरामद गरेको श्रेष्ठको भनाइ छ ।

प्रहरीले अघिल्लो आर्थिक वर्ष ०७४–०७५ मा लागू औषधसहित एक सय ८० जनालाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रहरीले गत वर्ष २३ जना नाबालकलाई पक्राउ गरेको थियो । गत वर्ष तीन महिला पक्राउ परेका थिए भने एक सय ६३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको उहाँले जनाउँनुभयो ।

पछिल्लो समय दुव्र्यसन र तस्करीमा नाबालकहरुको प्रयोग बढ्दै गएको भन्दै यो समाजका लागि चुनौतिको विषय बनेको उहाँको दाबी छ । प्रहरीले गत वर्ष चार लाख ६० हजार पाँच सय ५३ रुपैयाँ बराबरको लागूऔषध बरामद गरेको तथ्याङ्क छ । प्रहरीले गत वर्ष एक सय २६ जनालाई मुद्दा दर्ता गरेको थियो भने ९ जना फरार रहेका थिए । लागूऔषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको प्रहरीको भनाइ छ । लागूऔषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् ।

साथीहरूको दबाब, विरक्ती, उत्सुकता, असफल, अप्ठ्यारा परिस्थितिबाट पन्छिन खोज्ने युवालाई लागूऔषध बिक्री गर्नेहरूले समस्या समाधान हुने गलत सल्लाह दिएर क्षणिक आनन्द प्राप्तिका लागि सेवन गराउने गर्छन् ।

प्रहरीका अनुसार, युवायुवती लागूऔषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ । लागूऔषध प्रयोग गर्नेहरूमा ३१ प्रतिशत दशं२ पढ्नेहरू बढी छन् ।

गृह मन्त्रालयको लागूऔषध नियन्त्रण इकाइका अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहका दुव्र्यसनी ४२ र ३५ वर्षभन्दा माथि उमेर समूहका ६ प्रतिशत दुव्र्यसनी छन् ।

त्यस्तै शैक्षिकस्तरका आधारमा २८ प्रतिशत एसएलसीभन्दा कम अध्ययनरत, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत दशं२ गरिरहेका छन् । अरू स्नातक तहभन्दा माथि अध्ययन गरेकाहरु पनि यस्तो दुव्र्यसनमा छन् ।