बाढीले बगाउँदा उदयपुरमा एक बालकको मृत्यु

0
Shares

उदयपुर । बाढीले बगाउँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई नगरपालिका ७ का १४ वर्षीय बालक आर्यन तामाङ रहेका छन् ।

बाढी आए लगत्तै प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा सुनितालाई जीवितै उद्धार गरिएको थियो भने छोरा आर्यनलाई बाढीले बेपत्ता पारेको थियो।

सोमबार राति १० बजे छाउरे खोलामा अचानक आएको बाढीले घरमा सुतिरहेका आमा सुनिता तामाङ र आर्यन तामाङलाई बगाएको थियो।

मंगलबार बिहान सवा ८ बजे त्रियुगा खोलाको किरानामा मृत अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।