दश मिनेटको रस्साकस्सी पछि चितुवा समाते पूर्णबहादुरले  

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । चितुवालाई मांंशाहारी जनावर मानिन्छ । मानिसलाई देख्ने वित्तिकै आक्रमण गर्ने यो जनावरलाई एक जना युवाले झण्डै १० मीनेटको रस्सा कस्सी पछि जिउदै समातेका छन् ।

दोलखाको विगु र कालिञ्चोक गाँउपालिकाको सिमाना सिंगटी बजारमा चितुवा पसेपछि खोपाचागुका पुर्णबहादुर रुचालले चितुवालाई जिउदै समातेर सदरमुकाम चरिकोटमा रहेको डिभिजन बन कार्यालयमा ल्याउर बुझाएका छन् ।

सोमबार विहान ८ बजेतिर सिंगटी बजारमा देखिएको चितुवालाई सुरुमा सिंगटी चेक पोष्टमा रहेका प्रहरीले जङ्गलतिरै लखेटी दिएका थिए । तर केहि समय पछि उक्त चितुवा पुनः सिंगटी बजारतिरै आएपछि विगु गाँउपालिका वडा नम्बर ८ खोपाचागुका पुर्णबहादुर रुचालले चितुवालाई पछाडिबाट घाटीमा समाती डोडीले बाँधेर डिभिजन बन कार्यालयमा बुझाउन ल्याएका थिए । सिंगटी बजारमा चितुवा देखिएपछि आफुले सुरुमा जंगलतिरै पठाउन खोजेको तर बजार तिर पस्न खोजेपछि आफुले पछाडिबाट घाटीमा समातेर डोडीले बाँधी डिभिजन बन कार्यालय चरिकोटमा ल्याएर बुझाएको पुर्णबहादुरले बताए ।

पुर्णबहादुरले समातेको चितुवा दुई फिट उचाँई र चार फिट लम्बाईको रहेको छ । उक्त चितुवा डिभिजन बन कार्यालय दोलखामा ल्याएको प्रमुख सन्तमाया श्रेष्ठले बताईन । चितुवा विरामी रहेकोले पशु चिकित्सले उपचार गरेको र स्वस्थ भएपछि सिंगटी आसपासकै जङ्गलमा लगेर छोड्ने डिभिजन बन प्रमुख श्रेष्ठले बताईन् ।

पुर्णबहादुरले समातेर बुझाएको चितुवा अहिले बन कार्यालयको हातामै छ । चितुवालाई जरो आएकोले आवश्यक उपचार गरेर राखिएको र ठिक भएपछि जङ्गलमा छोडिने डिभिजन बन प्रमुख श्रेष्ठको भनाई छ ।