मनसुन सकृय भएसँगै भित्रिमधेसमा बाढीको सन्त्रास

0
Shares

राम धामी, जोगबुडा (डडेल्धुरा) । आकासे पानीको भरमा सिँचाई गर्न बाध्य डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रका बासिन्दाहरु लामो समय पानी नपर्दा धान रोप्न नपाउने चिन्तामा थिए । तर, मनसुन सकृय भएसँगै अविरल पानी पर्न थालेपछि बाढीको सन्त्रासमा बाच्न बाध्य हुन थालेका छन् ।

जिल्लाकै अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रका अधिकांस गाँउमा सिँचाई सुविधा छैन । आकासे पानीको भरमा धान रोप्ने गरेका स्थानीय बासिन्दाहरु यसबर्ष लामो समयदेखि पानी नपर्दा चिन्तित थिए ।

“सिँचाई सुविधा नहुँदा धान रोप्न आकासे पानी नपरेकाले निकै चिन्तामा थियौ,” परशुराम नगरपालिका–५ का रामबहादुर सुनारी मगरले भने,“अब पानी पर्न थालेपछि बाढीले बगाउला भन्ने पीरले सन्त्रस्त बनाएको छ ।”

बाढीका कारण सिँगो गाँउनै बगाएको सिमलखेत गाँउकी अगुवा युवा तिमल्सिनाले तटबन्धका कारण पुरानो जग्गामा खेती गर्ने तयारी भईरहेका बेला अविरल बर्ष हुन थालेपछि स्थानीय बाढीको सन्त्रासका कारण चिन्तित बनेको बताईन ।

अत्यन्तै सम्वेदनसिल मानिने चुरे पर्वत श्रृंखलाको काखमा रहेको डडेल्धुराको भित्रिमधेस क्षेत्रमा आलिताल गाँउपालिका र परशुराम नगरपालिका रहेका छन ।

आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बर्षातका बेला स्थानीय खोलामा आउने बाढीका कारण धनजनको क्षति हुने भएकाले बाढी विपद्बाट क्षति न्युनीकरण गर्न पुर्व तयारीमा जुटेको बताए । परशुराम नगरपालिकाले पनि बिभिन्न गैर सरकारी संस्था र समुदायस्तरमा कृयासिल विपद व्यवस्थापन समितिसँग मिलेर बाढी विपद पुर्व तयारी गरिरहेको जनाएको छ ।

रंगुन, पुन्तरा, शिर्षगाँड, साँदनी खोला, सुनखोला लगायतका नदीहरुका साथै सयौ खहरे खोलामा आउने बाढीले भित्रिमधेस क्षेत्रमा बर्षेनी विपद निम्तिने गरेको छ । इलाका प्रशासन कार्यालय जोगबुडाका प्रशासकीय अधिकृत दत्तुराम पाण्डेयले बाढी प्रकोपबाट बच्न स्थानीयस्तरमा पुर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिए ।

उनले बाढीका कारण हुने क्षति न्युनीकरणका लागि समुदायस्तरमा गठित विपद व्यवस्थापन समितीको क्षमता अभिवृद्र्धीगर्दै बिभिन्न उद्धार सामाग्रीहरु गाँउगाँउमा राखिएको र सुरक्षा निकायहरुलाई अलर्ट राखिएको बताए । परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले नगरस्तरमा निर्माण गरिएको विपद जोखिम न्युनीकरण र प्रतिकार्य योजना अनुसार पुर्व तयारीका गतिविधीहरु सञ्चालन भईरहेको जानकारी दिए ।