बाढी पीडितको जनजीवन कष्टकर, राहत स्वरुप दालमोठ चिउरा

0
Shares

सञ्जय कार्की, रौतहट । बाढी प्रभावित दुर्गाभगवती गाउँपालिकाका बासिन्दाको जनजीवन अझै असामान्य रहेको छ । पाँच दिन देखि नजिकै रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा बस्दै आएका वडा नम्बर २ का बाढी प्रभावित बस्तिको घर अझै ओभानो हुन नसक्दा उनीहरुको जनजीवन कष्टकर बनेको छ ।

अधिकांसका घर फुसको भईतल्ले भएको र डुबानले अन्नपात र लत्ताकपडा भिजेपछि उनीहरुमा राहतको खाँचो रहेको छ । उक्त माध्यमिक विद्यालयमा पाँच सय जना बस्दै आएका छन । आर्थीक अबस्था कमजोर रहेका उनीहरुको दिनचर्या फिर्न नसकेपछि भगवान पुकार्न थालेका छन । गाउँपालिकाले राहत स्वरुप चिउरा, दालमोठ वितरण गरेपनि त्यो अपर्याप्त रहेको छ ।

दैनिक ज्यालादारी गर्दै जीबिकोपार्जन चलाउदै आएका उनीहरुमा स्वास्थ्य र खानपिनको समस्या हुदै आएको छ । शुध्द पिउने पानी समेत नपाएका उनीहरु एकै स्वरमा भन्छन हामी लाई बचाउनु होस तर अहिले सम्म संघिय र प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन । पाँच अलग घरपरिवारका सदस्य विद्यालयको एउटै कक्षा कोठामा बस्न बाध्य रहेका छन । घर कहिले फर्कने टुङ्गो समेत नरहेको उनीहरुका बालबालिका नाङ्गै रहेका छन ।

दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले भने सिङ्गो गाउँपालिकानै बाढी र डुवानबाट प्रभावित बनेको बताउनु हुन्छ । राहत र पुर्नस्थापनाको लागि गाउँपालिका बाट एक करोड बजेट बिनियोजन गरेर काम अघि बढाइएको उहाँले बताउनु भयो ।

यसैबीच दुर्गाभगवती गाउँपालिकाको पालिका स्तरिय बैठकबाट बाढी प्रभावित परिवारका लागि जनप्रतिनिधिहरुले एक महिनाको तलव विपत व्यस्थापन समितिमा दिने निर्णय गरेको छ ।