पर्वतको तेस्रो जिल्ला सभा सम्पन्न, स्थानीय तहका प्रमुखकै वेवास्ता


पर्वत । जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला सभा सोमबार सम्पन्न भएको छ । सभामा जिल्लाका अधिकाँश स्थानिय तहका प्रमुख र प्रतिनिधिहरुले भने वेवास्ता गरेका छन । जिल्लासभाका सदस्यको रुपमा उपस्थित हुनुपर्ने भएपनि धेरै प्रमुख र उपप्रमुखले वेवास्ता गरेका हुन ।

जिल्ला सभामा स्थानिय तहका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ । पर्वतको तेस्रो जिल्लासभामा कुस्मा नगरपालिका र पैंयुँ गाउँपालिकाका प्रमुख र उपप्रमुखले नै भाग लिएनन भने केही पालिकाका प्रमुखहरु उपस्थिति भएनन । सभामा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्ल, मोदी गाउँपालिका प्रमुख प्रेम पौडेल र बिहादी गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसाल उपस्थित हुनुभएको थियो । महाशिला गाउँपालिकाका उपप्रमुख हिरादेबी राना, बिहादीकी उपप्रमुख डम्बरकुमारी गुरुङ्ग, मोदीकी उपाध्यक्ष सेती महत समेत सहभागी हुनुभएको थियो ।

कुस्माका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने कुस्माबजारमै भएपनि सभामा जानुभएन भने पैंयुँका प्रमुख र उपप्रमुख उपस्थित नहुनुको कारण खुलेको छैन । कुस्मा नगरपालिकाले समन्वय समितिको भवनमा नगरपालिका सार्ने विषयमा समन्वय समितिका पदाधिकारीले असहोग गरेको आरोप लगाउँदै आएको छ । कुस्माका प्रमुख र उपप्रमुख नजानुमा सोही कारण रहेको बताइन्छ ।
सभाको उद्घाटन कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्ल मात्रै सहभागी भ एभने समापन हुने बेला मोदीका प्रमुख र उपप्रमुख तथा बिहादीकी उपप्रमुख उपस्थित हुनुभएको थियो ।

केहीपालिका प्रमुखहरु काम विशेषले बाहिर रहेका कारण उपस्थित हुन नसकेको र केही पालिकाका प्रमुखहरु नआउनुको कारण आफुँले बुझ्न नसकेको समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले बताउनुभयो । सभाले जिल्ला समन्वय समितिको बजेट पारित गरेको छ भने अन्य स्थानिय तहका बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्यन गराउने निर्णय समेत गरेको छ ।

सभाको प्रतिनिधीसभाका सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्वत जिल्लामा इतिहाँसमै पहिलो पटक धेरै बजेट र योजनाहरु सञ्चालनमा रहेको बताउँदै कामको गुणस्तरीयता र समयमा सम्पन्न गर्ने बिषयमा स्थानिय तहका जनप्रतिनिधीहरु चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले विकासले असोज देखि तुफानी गति लिने दाबी पनि गर्नुभयो ।