सल्यानका दर्जन बढि सडक अवरुद्ध, यात्रु मर्कामा

0
Shares

सरिता चलाउने, सल्यान । सल्यान जिल्लाका दर्जन बढि ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । मनसुन सक्रियभएसँगै जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् ।

कच्ची सडक, पहिरो, खाल्डाखुल्ल्डीका कारण यातायात सेवा अवरुद्ध भएको कुमाख यातायात प्रा.लि सल्यानका सचिव मौषमदास श्रेष्ठले बताउनु भयो । ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् ।

लगातारको वर्षाका कारण दाङ– रुकुम चौरजहारी, सल्लीबजार चौरजहारी, दाङ –दमाचौर, दाङ– बाफुखोला, श्रीनगर– चिनाली, दाङ – सिलिङ्गे, दाङ – कालागाउँ नेटा , श्रीनगर – कालिमाटी, श्रीनगर– बालुवा, श्रीनगर – जयचौर, दाङ– रोल्पा सुकाओडार, श्रीनगर– सर्खेत लगायतका दर्जन बढि ग्रामीण सडक अवरुद्ध भएको सल्यान रुकुम यातायात प्रालि सल्यानले जनाएको छ ।

जिल्लामा सडक खन्नेको बाढि नै आएपनि वर्षाको समयमा भने निकै कम सडकमा मात्र गाडी गुड्ने गर्दछ्न् । आवश्यकता अनुसार सडक स्तरउन्नी हुन नसक्दा वर्षा लाग्ने बित्तिकै ग्रामिण क्षेत्रका जनता यातायातको पहुँचबाट विमुख बन्दै आइरहेका छन् ।

सडक निमार्ण तथा स्तरउन्नति गर्न भन्दै करोडौं बजेट विनियोजन हुने गरे पनि सडकको भने कुनै स्तरउन्नति हुन नसकिरहेको यात्रुहरुको भनाई छ । वषौं सडकमा पैसा खन्याउने गरेपनि बालुवामा पानी हाले बराबर हुने गरेको यात्रुको भनाई रहेको छ ।

जिल्लामा नयाँ सडक विस्तार गर्नु भन्दा भइरहेका सडकहरुको स्तरउन्नती गरी बाहैं महिना गाडी गुड्ने बाटो निमार्णमा जुटनु पर्ने राम प्रसाद शर्माले बताउनु भयो । नयाँ सडक खन्नेभन्दा पुरानैको स्तरउन्नी गर्नु आवश्यकता रहेको सरोकारवालाहरुको भनाई रहेको छ ।