हेर्नुहोस् बाढीपहिरो जाँदा नेपाली सेनाले कहाँ कसरी उद्दार गर्याे ?


न्युज अफ नेपाल, काठमाडाैँ ।
अविरल वर्षाका कारण देशभरका विभिन्न ठाउँमा बाढीपहिरो र डुबाननका कारण करिब ६० जनाको मृत्यु भएको छ । देशभरको विवरण बुझ्दा अहिलेसम्म एक हजार ४ सय ४४ जनाको उद्दार गरिएको छ भने अझै २६ जना बेपत्ता छन् । अन्य ३८ जना भने घाइते छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दारका लागि नेपाली सेनाको टाली विभिन्न स्थानहरुमा आ–आफ्नै तरिकाले खटेका छन् । २२ जिल्लाका ४८ स्थानमा विभिन्न किसिमका डुङ्गा, आवश्यक उद्दारका सामाग्रीसहित ८ हजार एक सय सेनाको फौज परिचालन गरिएको छ । ती सबै टोलीहरुले घाइतेहरुका लागि मेडिकल क्याम्प खडा गरेका छन् भने कोहि खोज तथा उद्दारमा जुटेका छन् । कोहि राहत वितरणमा सक्रिय भएर जुटेका छन् ।

सेनाको टोलीले कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण, हवाई साधनबाट राहत सामाग्री ढुवानी,ट पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सुचारु गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रताका साथ अगाडि बढाईरहेको छ ।

हेर्नुहोस् नेपाली सेनाले गरेका अन्य थप विवरण:

(क) बाढी/पहिरोबाट अति प्रभावित क्षेत्रहरुमा हालसम्म नेपाली सेनाले ४९५ जनाको सकुशल उद्धार गरिएको छ । उक्त बाढी/पहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिहरुको खोजकार्यलाई जारी राखिएको ।

(ख) ईलाम, धनकुटा, तेह्थुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पा जिल्लामा खट्टिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सुचारु गर्ने कार्य भईरहेको । यसै गरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर, र काठमाण्डौ जिल्लामा खट्टिएका फौजले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण कार्यमा सहयोग पुर्‍याई रहेको ।

(ग) सप्तरी जिल्लाबाट खट्टिएको फौजले ८५ घर परिवारलाई खाद्यन्न लगायतका राहत सामाग्रीहरु वितरण गर्नुको साथै उदयपुर जिल्लाबाट खट्टिएको फौजले मेडिकल क्याम्प खडा गरी स्थानीयलाई उपचारको प्रबन्ध गरेको । त्यसको साथै बाढीबाट सिराहा जिल्लास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्युनिकरण गर्न सिराहा जिल्लाबाट फौज खट्टिई रहेको ।

२. नेपाली सेनासंग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा (धारापानी) र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित Combat Quick Reaction Team (CQRT) तयारी हालतमा राखिएको ।साथै गृह मन्त्रालयबाट बाढी/पहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।