जङ्गली च्याउ खाँदा दाङमा ४ जना बिरामी

0
Shares

जङ्गली च्याउ खादा दाङमा ४ जना बिरामी परेका छन् । बिरामी पर्नेमा दाङ घोराही उपमहानगरपालिका १३ डुमरगाँउ बस्ने ३६ वर्षकी हिरा बुढा ,१६ लेटार बस्ने ४० वर्षकी शुशिला चौधरी, २१ वर्षकी मालती चौधरी र ५० वर्षकी बिरमती बाठाल रहेका छन् ।

उनिहरुले शुक्रबार बेलुका जङ्गली च्याउ खाएका थिए । च्याउ खाई बिरामी भएपछि उनिहरुलाई उपचारका लागी शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याइएको हो ।