अस्पतालबाटै गायव शिशु, घटना सुनियोजित  

0
Shares

पाल्पा । जन्मिएको केही घण्टामै शिशु गायब भएको नवजात शिशुलाई प्रहरीले अहिलेसम्म पनि फेला पार्न सकेको छेैन । सुक्रवार दिउसो लुम्बिनी मेडिकल कलेज प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको थियो । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजेतिर हराएको थियो । सुत्केरी छोरीको हेरचाहमा गएकी आमा छोरीलाई जुवानोको झोल लिन क्यान्टिनमा जाँदा अपरिचित महिलाले शिशु लगेको प्रहरीले जनाएको छ । शिशु लिएर क्यान्टिन पुगेकी सुत्केरीकी आमालाई अपरिचित महिलाले ’म ल्याइदिन्छु, तपाईँ हिँड्नुस’ भनेको र उहाँ छोरी भएको ठाउँमा पुग्दा ती महिला नगएपछि शिशु हराएको थाहा भएको प्रहरीले जनाएको छ ।

चोर महिला सिसी क्यामेरामा 

चोरीको समयमा अस्पतालका भिडियो क्यामरा विग्रेको भएपनि अस्पाताल वाहिरको एक होटलको सिसी टिभी फुटेजमा देखिएकी छन । कुर्ता सुरुवाल लगाएकी महिलाले शिसु लिएर भागेको फुटेजमा देखिन्छ । यसैको आधारमा अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण सापकोटाले वताउनु भयो ।

घटना सुनियोजित

प्रहरीका अनुसार सुनियोजित रुपमै शिशु चोरिएको प्रहरीले जनाएको छ । शिशु लिएर हिँड्ने महिला तीन–चार दिन अघिदेखि नै अस्पताल वरपरि हिँडडुल गरेको स्थानीयले देखेको प्रहरीलाई वताएका छन ।

शिशु चोर्ने महिला सीसी क्यामेराको भिडियोमा देखिएको र त्यही भिडियोका आधारमा उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण सापकोटाले भेटिएको फोटो र भिडियो फुटेज काठमाण्डौ पठाउने र त्यसैका आधारमा खोजबिन गर्ने जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, ‘भेटिएको फोटो र भिडियोका आधारमा खोजबिन चलिरहेको छ ।’

अस्पतालको कुनै पनि सीसी क्यामेराले काम नगरेको र शुक्रबार ३ बजे हराएको शिशुका बारेमा प्रहरीलाई ५ बजे मात्रै खबर हुँदा पनि खोजबिनमा समस्या भएको प्रहरीले जनाएको छ ।

अस्पतालका कर्मचारीको समेत लापर्वाही देखिएको स्थानीयले गुनासो गरेका छन् भने प्रहरी चौकी प्रभास पनि अस्पतालको गेट वाहिरै रहेको छ । यस घटनाको सत्यतथ्य छिटोभन्दा छिटो जनसमक्ष ल्याउन र वच्चाको सकुशल फिर्ता हुनुपर्ने आफन्त र स्थानीयको माग छ ।