खोलाले बगाएर बेपत्ता भएका भेटिए, एकको खोजी कार्यजारी

0
Shares

धादिङ । काम सकेर घर फकिएका दुई जनालाई हिजो (शुक्रबार) खोलाले बगाएका दुई मध्र्ये एक जनाको शब भेटिएको छ भने एक जना अझै बेपत्ता छन् ।

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न. ४ का राजु ठकुरीको शब आज मलेखुखोलामा फेला परेको छ ।

रोपाइ सकेर घर फर्किएका ठकुरी हिजो साँझ घर जानेक्रममा मलेखुखोला तर्न लाग्दा बगाएर बेपत्ता भएकोले खोजी कार्य गरिएको थियो । हराइरहेका ठकुरीको लास फेला पारिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

यसैगरि थाक्रे गाउँपालिका गाउँपालिका वडा नं ३ आगराखोलाले बगाएर हिजोदेखि खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका ४० वर्षीय गोकुल गिरी अझै फेला परेका छैनन् । बेपत्ता गिरीको खोजी कार्य भइरहेको छ । कामबाट घर फर्कने क्रममा सँगै खोला तरेका थाक्रे गाउँपालिका ३ का बद्री भुजेल भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।