काभ्रेमा मृत्यु हुनेको संख्या तीन पुग्यो

0
Shares

काभ्रे । अविरल वर्षाको कारण गएराती विद्यालयको पर्खाल भत्कदा काभ्रेमा एकको मृत्यु भएको छ । प्रहरीले जानकारी दिए भिमेश्वर माध्यामिक विद्यालयको पर्खालले घर थिच्दा रोशी गाउपालिका ११ भिमखोरी निवासि कृष्णदेवी रायमाझिको निधन भएको हो । भुकम्पपछि पुर्ननिर्मााण गरेको घरमा सुतिरहेकी ६५ वर्षिया रायमाझिको निधन भएको प्रहरीले पुष्टि गरेको छ । अविरल वर्षाले घर भत्काउदा काभ्रेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोले घर भत्काउदा हिजो विहान नालामा दुई जनाको मृत्यु भएको थियो ।

तीनदिन देखि परेको अविरल वर्षाको कारण बिपि राजमार्ग अवरुद्ध भएको हाम्रा संवाददाता मोतीराम तिमिल्सिनाले जानकारी दिनुभएको छ । विपि राजमार्ग अवरुद्ध हुदा करिब दुईसय भन्दा बढी यातायात र यात्रुहरु विच बाटोमै अलपत्र परेका छन् । उद्धारको प्रयास भएपनि पहिरो र खोला बढेको कारण कठिनाई भैरहेको छ । अरनिको राजमार्ग सुचारु भएपनि ग्रामिण भेगका अन्य सबै सडकहरु पहिरोको कारण अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सामकोटाको नेतृत्वको टोलि अहिले उद्धारमा टिरहेको छ । विपि राजमार्गको मंगलटार सम्मको सडक एकतर्फि खोले पनि सयौं ठाउमा पहिरो आएकोले पन्छाउन हम्यहम्य परिरहेको छ ।

हिजो विहान ७ बजे काठमाडौंबाट धरान हिडेका चन्दन श्रेष्ठको बा १६ च ३५४९ नम्बरको निजि कार मंगलटारको जनविजय मावि नजिकैको खोलामा पुरिएको छ । श्रमती र दुई छोरी सहित यात्रमा रहेका श्रेष्ठको परिवार भने सकुशल रहेको प्रहरीले जनाएको छ ।