मिडिया काउन्सिल विधेयक सच्याउँछौं : योगेश भट्टराई

0
Shares

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा संघीय संसदका सदस्य (सांसद) योगेश भट्टराईले मिडिया काउन्सिल विधेयकमा देखिएका त्रुटी सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले प्रेस संगठन लमजुङले अयोजना गरेको पत्रकार भेटघाटका अवसरमा शनिबार बेसीशहरमा त्यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले मिडिया विधेयकमा ५२ बुँदा रहेको र त्यसमा दुईवटामा मात्र पत्रकारहरूको विमति रहेको छ, त्यो हामी सच्याउँछौं भन्नुभयो । उहाँले भन्नुभयो, ‘५२ बुँदामा रहेको मिडिया विधेयकका दुई बुँदामा मिडिया काउन्सिलको गठनका बारेमा र दण्डसजायका बारेमा पत्रकारहरूको आपत्ती छ त्यो हामी सच्चाउँछौं भन्नुभयो ।

त्यसैगरी, गुठी विधेयकका बारेमा प्रतिक्रिया दिदै हामी कुनै पनि जातिका धर्म संस्कृति तथा परम्परागत मान्यतालाई तोडमोड गर्ने नभई गुठीमा दशौंतलाको भवन नाएर भाडामा लगार्ई अवरपति बन्नेहरूलाई छुट दिदैनौं भन्नुभयो ।

उहाँले सरकारले सही दिशामा काम गरिरहेको दावी गर्दै नेपालको आर्थिक बृद्धिदर सात प्रतिशत हुनु त्यसको परिणाम हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘विकसित राष्ट्रमा समेत तीन, पाँच प्रतिशतको प्रगति प्रतिशत रहेकोमा नेपालको सात प्रतिशत हुनु सरकारले राम्रो काम गर्नुको परिणाति हो ।’ उहाँले एकादुई कुरामा सरकारको बदनाम गर्न खोजेपछि त्यस्ता कमीकमजोरी सच्चाउँदै अघि बढ्छ भन्नुभयो । उहाँले विषादीको तरकारीका बारेमा त्यसको एक दुईमहिनामा क्वारेन्टाइन जाँच नियमित गर्नेतर्फ काम भइरहेकोछ बताउननुभयो ।

उहाँले पार्टी एकीकरणको काम आउँदो एक साताभित्रमा सबै पुरा हुने बताउँदै त्यसको सैद्धान्तिक सहमति भइसकेको बताउनु भयो । उहाँले दुई भिन्न पृष्ठभूमिका दल एमाले र माओवादी बीचको एकता संसारकै फरक उदाहरण भएको हुँदा यी दुईको मिलन एक जटिल प्रक्रिया हो भन्दै उहाँले हामी एक भयौं तर एक भएर हिड्ने नसकेको प्रतीत भएको छ । अब यो पूर्वएमाले पूर्व माओवादी अब धेरै रहँदैन भन्नुभयो । उहाँले आउँदो भदौ महिनामा पार्टीको पुनर्जगरण गरी यी दुई दलकीचका धार भेटाउने काम हुनेछ भन्नुभयो ।

 

विप्लव माओवादीलाई अबको युगमा हतियारले सत्तामा पुगिदैन त्यो बाटो छोडेर आउनुहोस् सरकार वार्ताका लागि तयार छ र तपाईको दलसँग पनि हामी एकता गर्न चाहन्छौं भन्नुभयो । उहाँले तपाईको सम्भावनालाई यही वातारणको उपयोग गरी आफ्नो सोचलाई व्यवहारिक रूप दिनुहोस् भन्ने आग्रह गर्नु भयो ।

आउँदो निर्वाचनमा आफ्नो दलको घोषणा पत्र आशामुखी नभई तथ्यांक मुखी हुने बताउदै उहाँले मुलुकमा दुई धार काँग्रेसको र हामी कम्युनिष्टको लाइन बाहेक अन्य छैन । बाबुरामजीहरूको काम च्याखे थाप्ने मात्र हो । उहाँपनि एकतर्फ लाग्दा राम्रो हुन्छ भन्नुभयो । त्यसैगरी काँग्रेसप्रति प्रश्न गर्दै काँग्रेस विगतको मान्यता र अडान छाड्ने हो भने उसका उपर झनै संकट सिर्जिने छ त्यसैले विप्लवलाई हेर्ने दृष्टिकोण प्रष्ट हुनुपर्यो र वर्तमान् उपलब्धीलाई संस्थागत गर्ने कार्यमा सहयोग गर्नु पर्यो उहाँले भन्नुभयो । उहाँले काँग्रेसमा सत्तामा बस्न नपाएकोमा छटपटी छ तर पाँच वर्ष त पर्खने धैर्य गर्नु पर्यो नि ! भन्दै व्यङ्ग्य कस्नुभयो ।

प्रेस संगठनका जिल्ला संयोजक दलबहादुर मजाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संठठनका जिल्ला सचिव धु्रवहरि ढकालले गर्नु भएको थियो ।