काबेली करिडोर प्रसारण लाइन निर्माणमा ‘नियोजित अवरोध’


नेपाल समाचारपत्र, काठमाडौं ।
काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको छ ।

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभी को पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिले पा“च दिनदेखि अवरोध गरेका हुन् ।

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर, भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पा“चथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बा“की छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम –पा“चथर) खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

कोबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ,’ उहा“ले भन्नुभयो–‘बाहिर र प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिं“दा विजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफैं पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?’

पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्टको आयोजनाका निर्देशक कुवेरमणि नेपालको कम्पनी हो । रैराङले पा“चथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९ दशमलव ९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसीओडी अगामी साउन १ गते छ ।

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिने छ । प्राधिकरणस“ग पीपीए अनुसार आयोजनाको आरसीओडी गत ९ वैशाख हो । अरुण काबेलीका अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् ।

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफ्ैंले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्धिवेदीले बताउनुभयो । उहा“ले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गनुभयो ।

पा“चथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पा“चथर, तेह्रथुम हु“दै पा“चथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

काबेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्ष अघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनासरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।