महिलाहरुको स्वास्थ्य परिक्षणका लागी शिविर

0
Shares

बासुदेव शर्मा , जाजरकोट ।  वडा स्तरिय महिला संजालको सक्रियता,भेरी नगरपालिकाको आर्थिक सहयोग तथा जाजरकोट अस्पतालको समन्वयमा भेरी नगरपालिका ११ मा महिलाहरुको लागी एक दिने शिविर संचालन गरेको छ ।

वर्तमान अवस्थामा जटिल वन्दै गएको महिलाहरुको पाठेघर खस्ने समस्यालाई मध्यनजर गर्दै भेरी नगरपालिकाले पाठेघर खस्ने महिलाहरुको जाँचको लागी एक दिने शिविर भेरी नगरपालिका ११ मा संचालन गरेको थियो ।

भेरी नगरपालिकाको आर्थिक सहयोग र वडा स्तरिय महिला संजालले आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ३५ जना महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गरिएका ३५ जना महिलाहरु मध्य पाठेघरको मुखको क्यान्सर संकास्पत रोगी ३ जना फेला परेको भेरी नगरपालिका स्वास्थ्य शाखा सह संयोजक कौशिला वटालाले वताउनु भयो ।

उनीहरुलाई नियमित शरिर सफासुघर लगाएत समय समयमा स्वास्थ्य कर्मिहरुको सल्लाह लिन सुझाब दिएको सह संयोजक वटालाले वताउनु भयो । असार महिनामा कामको चाप हुने महिना भएकोले सवै जना आ आफनो काममा व्यस्त हुने भएकाले शिविर हुने वारे समयमा आयोजकहरुले सुचना नदिदाँ वढी संख्यामा उपस्थित हुन नसकेको स्वास्थ्य सह संयोजक कौशिला वटालाले वताउनु भयो ।

करिव ५ सय भन्दा वढी घरधुरी रहेको भेरी ११ मा स्वास्थ्य जाँचको शिविर संचालन गर्दा ३५ जनाले मात्र स्वास्थ्य परिक्षण गरेकोले असारे वजेटको कार्यक्रमले कुनै पनि प्रतिफल दिन सक्ने देखिदैन । जाजरकोटका सात वटै गाउँपालिका र नगरपालिकाहरुमा असारको अन्तिममा गर्ने भुक्तानीको लागी कार्यालयहरु भिड हुने गरेको छ । यस्ता कार्यक्रमहरुले स्थानिय नागरिकहरुलाई कुनै पनि फाईदा नदिने स्थानियहरुको वुझाई रहेको छ ।

यता स्थानिय सरकारहरुले जनहितका कार्यक्रम गर्दा सुचना प्रशारण गरेको छैन कार्यक्रमहरु गर्दा एक दुई जना व्यक्तिहरुलाई सम्पर्क गरी कार्यक्रम संचालन गर्ने गरेको पाइएको छ । असारमै कार्यक्रमहरु वढी संचालन गरे नागरिकहरुले राहत नपाउने र स्थानिय सरकारले दिने सेवा सुविधाहरु प्रभावकारी नहुने स्थानियहरुको भनाई रहेको छ ।

पहिलेको सरकारले दिने सेवा भन्दा फरक हुन्छ भन्ने विश्वास राखेका नागरिकहरु संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको सरकारले दिने सेवा पुरानै शैलीमा संचालन हुने गरेकोले नागरिकहरुले स्थानिय सरकारवाट प्रभावकारी सेवा पाउन सकेका छैन्न ।