१३ औँ बृहत शैक्षिक मेला आयोजना गर्दै इक्यान

0
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १३ औ इक्यान बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । भोली असार २६ देखि २९ गते (चारदिन) सम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श दिइने भएको छ ।

मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुहरुको समेत सहभागिता रहने छ । मेलाको बारेमा जानकारी दिन हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरी पाण्डेले ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको उद्देश्य रहेको जानकारी दिनुभयो ।

मेलामा एक लाख पचास हजार भन्दा बढीले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयको प्रतिनिधिहरुको सहभागीता हुनेछ । मेलामा चारैदिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रमहरु गरिने छ ।

मेलाको ब्यवस्थापन वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट प्रालिले गरेको छ । ब्रिटिस काउन्सिलको मुख्य आयोजक रहेको मेलाको टाईटल स्पोन्सरमा राईट पाथ क्यारियर काउन्सिलिङ्ग प्रालि, मुख्य प्रायोजक स्पोन्सर्समा मेटस एजुकेसन प्रालि, पावर्ड बाईमा पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रा. लि., डाईमन्ड स्पोन्सर्समा बिजिएमइए युनिभरसिटि अफ फेसन, गोल्ड स्पोन्सर्समा ग्रेस ईन्टरनेसनल एजुकेसन, सिल्भर स्पोन्सर्समा थोमस ईन्टरनेसनल एजुकेसन प्रा. लि. तथा ब्राउन्ज स्पोन्सर्समा भिष्टा ईन्टरनेसनल एजुकेसन प्रा. लि. रहेका छन् ।

मेलाको स्पोन्सर्सहरुमा ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन प्रा. लि., अरविट ईन्टरनेसनल एजुकेसन प्रालि, डानिस अहमद कलेज, ग्लोबल एजुकेसन एकेडमी, ड्रिम डेस्टिनी ईन्टरनेसनल ट्राभल्स, एफ एम ग्रुप टे«निङ्ग सेन्टर, गनपत युनिभरसिटि, लिङकन एजुकेसनल कन्सल्टेन्सि प्रा. लि., प्रेसिडेन्ट एजुकेसनल कन्सल्टेन्सि प्रालि,कङ्गारु एजुकेसन फाउण्डेसन प्रालि, रोयल एजुकेसनल फाउण्डेसन प्रालि, नामी कलेज लगायत रहेका छन् ।

मेलाको वैकिङ्ग पार्टनरमा सिटिजन्स बैक ईन्टरनेसनल, माछापुच्छ«े बैक, ईन्टरनेट पार्टनरमा भायनेट, अफिसियल मिडिया पार्टनरमा मकालु खवर रहेको छ । त्यस्तै यस मेलाको सपोर्टेड बाईमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, अभिभावक महासंघ नेपाल, शिक्षिक पत्रकार संजाल (इजोन) रहेका छन । मेला बिहान ११ बजेदेखि शुरु हुनेछ ।

मेलामा करिब ४ सयको स्टल रहने इक्यानले जनाएको छ । मेलालाई हाइटक बनाउन मेला क्षेत्रमा डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुने इक्यानले जनाएको छ ।