बङ्गलादेशमा नेपालको फोटो प्रदर्शनी 

0
Shares

बङ्गलादेश । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बङ्गलादेशको दोश्रो ठूलो सहर चितागोङमा आइतबार  नेपालको फोटो प्रदर्शनी सम्पन्न भएको छ । “द स्मल हेवेन” नाम दिएको उक्त प्रदर्शनीमा नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक सम्पदा एवम सहासिक पर्यटन सम्बन्धी फोटोहरुको प्रदर्शनी गरिएको कार्यक्रम सम्योजक बिष्णु कान्त घिमिरेले जानकारी दिए ।
बन्दिपुर युनेस्को क्लबले रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङ सगको सहकार्यमा प्रर्दशनिको आयोजना गरेको घिमिरेले बताए । रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङको २५  औ बर्षगाँठको अवसरमा चितागोङ प्रेस क्लबको बङ्गोबन्धु हलमाआयोजित प्रदर्शनीको करिब हजार जनाले अवलोकन गरेको घिमिरेले बताए ।
सोही प्रदर्शनी अवधिमा सन २०२० मार्चमा नेपालमा आयोजना गर्न लागिएको “एडभेन्चर नेपाल २०२०” को समेत घोषणा गरिएको छ । नेपाललाई अन्तरास्ट्रिय स्तरमै सहासिक खेलहरुको हब बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा बिश्वभरबाट करिब सय जना सहभागी हुने आयोज बन्दिपुर युनेस्को क्लबका अध्यक्ष टिकाराम पनेरुले बताए ।
सन २०१३ देखि बङ्गलादेशका विभिन्न संघ सँस्था सगको सहकार्यमा बन्दिपुर युनेस्को क्लबले हरेक बर्ष नेपालको पर्यटन प्रवर्द्धन गर्न एडभेन्चर क्याम्प र साँस्कृतिक आदनप्रदानका कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रमको ब्यवस्थापन डब्लु बि मिडियाले गरेको थियो ।