समाचारपत्रकर्मी दाहाल सम्मानित

0
Shares

रुकुम । नेपालसमाचार पत्रका रुकुम संवाददाता धनवीर दाहाल सम्मानित हुनुभएको छ ।

बिगत १६ बर्षदेखी रुकुम जस्तो दुर्गम जिल्लामा रहेर पत्रकारिता गरिरहनुभएका दाहाललाई दुर्गम क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा जस्ता बिषयमा कलम चलाएको भन्दै मुसिकोट नगरपालिका र रुकुममेली सामुदायिक अस्पताल रुकुमले प्रसंशा पत्र सहित सम्मान गरेको हो ।

मुसिकोट नगरपालिका वडा नं ४ सोलाबाङमा भएको बिशेष समारोहमा संवाददाता दाहाल र आहासञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्कालाई सम्मान गरिएको हो । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले जनताको पक्षमा कलम चलाइरहन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

नेपालसमाचार पत्रका संवाददाता दाहालले रुकुम र आसपासका जिल्लाका बिकट बस्तीहरुमा पुगी जनताका समस्याबारे राज्यको ध्यानआर्कषण गराउने खालको रिपोर्टिङ गरिरहनुभएको छ । दाहालले लेखेका समाचारका कारण कतिपयको ज्यान बाँचेको छ भने पिडितहरुले राहत समेत पाएका छन् ।

पठनपाठनबाट बन्चीत वालवालिकाले शिक्षा पाएका छन् । दाहाल आफै जनआन्दोलनको घाइते पत्रकार पनि हुनुहुन्छ । उहाँलाई २०६३ बैसाख ६ गते रिपोर्टिङकै क्रममा प्रहरीले कुटपिट गरेको थियो ।