९० हजार घूस लिने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई नब्वे हजार घूस लिएको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो ।

साहले लागु ओषध मुद्दामा पक्राउ परेका सेवाग्राहीको मुद्दामा घुस लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा घूस लिएको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार साहले सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाई आफ्नो ओहदासँग सम्बन्धी काम नगर्न सेवाग्राहीसँग घूस लिएका थिए ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।