विद्यार्थीलाई नेतृत्व विकास तालिम

0
Shares

रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

खोटाङ दलित विकास मञ्चले जातीय छुवाछुत तथा लागुऔषध दुब्र्यसन नियन्त्रण सम्वन्धी नेतृत्व विकास गर्ने उदेश्यले दिक्तेलवजारमा तीन दिने तालिमको आयोजना गरेको हो । १३ वटा माध्यमिक तहका ६५ जना विद्यार्थीहरु छनौट गरी सोमबारदेखि होटल शुभदिनमा तालिम प्रदान गरिरहेको आयोजक दलित विकास मञ्चका अध्यक्ष मिलन परियारले बताउनुभयो ।

सहभागीलाई जातीय छुवाछुत तथा लागुऔषध दुब्र्यसन नियन्त्रण अअभियान्ताको रुपमा उत्पादन गर्ने उदेश्य रहेको अध्यक्ष परियारको भनाई छ । सोही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा पूर्वसभाषद् तथा अधिकारकर्मी दुर्गाजयन्ती राई, सामाजिक अभियान्ता तथा युवा वुद्दिजीवि धु्रव श्रेष्ठ, युवराज रिजाल र अर्जुन नेपाली सहजकर्ताका रुपमा रहनुभएको जनाईएको छ ।

मेयर दिपनारायण रिजाल प्रमुख अतिथि रहनुभएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, दलित अगुवा तथा अधिकारकर्मी लगायतका उपस्थिती थियो ।