विप्लवका कार्यकर्ताद्धारा हुम्लाकोे ताँजकोट गाउँपालिकामा ताला

0
Shares

अर्जुन बोहरा । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्ताहरुले हुम्लाका स्थानीय तहका कार्यलयहरुमा ताला लगाएका छन् । जिल्लाका ताँजकोट र अदनचुली गाउँपालिकामा सोमबार विहान आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन् ।

ताँजकोट गाउँपालिकामा विप्लवका कार्यकर्ताले हिंडने बाटामा हुम्लाका ७ वटा स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारलाई १५ बुँदे आरोप लगाइएको छ। उता विज्ञप्तिमा भनिएको छ संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको, स्थानीय तह, प्रदेशमा ब्रम्हलुट मच्चिएको, कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गर्दै तलब भत्ता दिइएको अरोप लगाएका छन ।

उता बर्षौ दिन दिन वित्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा आफनो अनुकलतामा छनौट गरिएको, बर्षभरी चुप लागेर आर्थिक बर्षको अन्त्यमा बजेट सिध्याउन हतारमा काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय तह,प्रदेश सरकारले चालु र पुँजीगत बजेटको सार्वजनिक सुनुवाई नगरेको, जनताका छोराछोरीलाई बेरोजगार बनाई कमिसनको लोभमा जनप्रतिनिधि र आसेपासेले चलाएको भन्दै ताला लगाएको संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल जिल्ला हुम्लाका प्रमुख कुम्म बुढाले बताउनु भयो ।

उता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी उपरीक्षक राजेन्द्र बहादुर सिंहले ताँजकोट गाउँपालिका ३ वडामा लगाएको ताल प्रहरी गएर खोलेको र अन्य गाउँपाकिलामा नलागएको बताउनु भयो ।

दलितवस्तीमा सरकारी सेवा नपुगेको भन्दै विरोध

ताँजाकोट गाउँपालीकामा ६५ जनाले हस्ताक्षर सहितको निबेदन पेश गरेका छन् । दलित बस्ती मात्र रहेको चौतारी गाउँमा अहिले सम्म कुनै पनि सरकारी सेवा नपाएको गुनासो गर्दै गाउँपालिका र वडापालिकामा निवदेन पेश गरेका छतन ।
गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालीका सदस्य लगायत लाई लक्षित गर्देै अहिले सम्म कुनै कार्यलय सहयोगी सम्म नपाएको अरोप लगाएका छन ।

आफूहरुलाई नेताहरुले बाजा बजाउने काममा मात्र सिमित गराएको तर कुनै पनि योजनाहरुमा समेत समाबेश नगराईएको भन्दै गाउँका सर्ब दलित समुदायबाट त्यस्तो ज्ञापन पत्र बुझाइएको हो । दलित घरधुरीले कोही कुनै पनि पार्टीमा नरहने गरी सामुहिक राजीनामा दिएका छन । उता गाउँपालीकाकी उ पाध्यक्ष मञ्जु बुढाले भने उक्त निबेदन दिएको बारेमा आफु लाई थाहा नभएको र यसको बारेमा छलफल गर्ने बताउनु भयो । दलित बस्तीकै लागि खानेपानीको लागि १८ लाख र महिलाको लागि १६ लाख रुपैया बिनियोजन गरेकाले चित्त दुखाउने अबस्था नरहेको बताईन ।