कबड्डीको सिक्वेल टिजरमा

0
Shares

हिट फिल्म कबड्डीको तेस्रो सिक्वेल फिल्म कबड्डी कबड्डी कबड्डीको टिजर सार्वजनिक गरिएको छ। कबड्डी र कबड्डी कबड्डीको सफलतापछि रामबाबु गुरुङले कबड्डी कबड्डी कबड्डी निर्माण गरेका हुन्।

आगामी भदौ ३१ गते अल नेपाल रिलिज हुने फिल्ममा लेखन पनि निर्देशक गुरुङकै रहेको छ। दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डीबी गुरुङ, राजेन्द्र थापालगायतका कलाकार रहको फिल्म सिनेमा आर्ट प्रालिको प्रस्तुति तथा बाँसुरी फिल्म प्रालि प्रोडक्सन र माउन्टेन स्टोरिजको ब्यानरमा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले निर्माण गरेका हुन्।

फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुरेश कार्की र मधुसूदन कार्कीको कला निर्देशन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।