भिडियोमा उडेर जाऊँ

0
Shares

गीतकार सरिता लिङ्देनले आफ्नो पहिलो प्रयासका रूपमा उडेर जाऊँ बोलको रोमान्टिक भर्सनको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।
यस गीतमा स्वर गायिका अन्जु पन्तको रहेको छ भने शब्द सरिता लिङ्देनको रहेको छ। संगीत मञ्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्।

प्रेम रोमान्सको भावमा प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल रिमा विश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। रामकुमार केसीले खिचेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। भिडियो सत्यराज चौलागाईंले निर्देशन गरेका छन्।