सार्क फिल्म फेस्टिभलमा स्वस्तिमालाई अवार्ड

0
Shares

श्रीलंकामा सम्पन्न सार्क फिल्म फेस्टिभलमा नायिका स्वस्तिमा खड्काले फिल्म बुलबुलबाट स्पेसल जुरी अवार्ड पर्फमेन्स चुमेकी छिन्। यस्तै लघु फिल्म टाटिनीले स्पेसल रिकग्नाइजेसन आवर्ड हात पारेको छ। टाटिनीलाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन्।

यसअघि सोही फेस्टिभलमा नायिका गरिमा पन्तले झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन्। चलचित्र विकास बोर्ड नेपालले यस वर्ष सार्क फिल्म फेस्टिभलमा प्रसाद र बुलबुललाई प्रतिस्पर्धामा पठाएको थियो। मनोजबाबु पन्तको अवशेष नामक लघु फिल्म पनि प्रतिस्पर्धामा पठाइएको थियो। फेस्टिभलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो गएका थिए।

फेस्टिभलमा बलिउड फिल्म नागर्किर्तनले उत्कृष्ट फिल्मसहित सर्वाधिक ४ अवार्ड जितेको छ। यही फिल्मबाट कौशिक गंगुली उत्कृष्ट निर्देशक, रिद्धि सेनले उत्कृष्ट नायकको अवार्ड जितेका छन् भने फिल्मले बेस्ट ओरिजन स्कोरको अवार्ड चुमेको छ। बलिउडकै नो बले वो हरामले लघु फिल्म, वाकिङ विथ द विन्डले कथा र निर्देशनमा उत्कृष्ट जुरी अवार्ड प्राप्त गरेको छ। नायिकाको अवार्ड भने श्रीलंकन फिल्म डेविना वुहानबाट एना जनादरीले जितेकी छिन्। यसै फिल्मबाट अजिथ रमानायके र क्याथरिन वार्टेनले फिल्म सम्पादनको अवार्ड चुमेका छन्।

अफगानी फिल्म लेटर टु द प्रेसिडेन्टले पटकथा र बंगाली फिल्म फागुन होयोलेबाट एनमुल हक्युसोहेलले छायांकारको अवार्ड चुमेका छन्।