भगवती तिमल्सिना । नेपालमा अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन सम्पन्न भयो। नेप्लिज सोसाइटी अप मेडिकल अंकोलोजी क्यान्सर रोग विशेषज्ञहरूको साझा संगठनले उक्त सम्मेलन नेपालमा पहिलोपटक सम्पन्न गर्यो ।
इम्युनो अंकोलोजी भनेको के हो ?
इम्युनो अंकोलोजी भनेको क्यान्सर उपचारको नयाँ विधा हो। यस विधाअन्तर्गत औषधि प्रयोग गरी शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सरका कोषिकाहरू मारेर क्यान्सर रोगको उपचार गरिन्छ। इम्युनो अंकोलोजी विधाले क्यान्सर उपचारमा संसारभर राम्रो प्रभाव पािररहेको छ र सोही योगदानअनुरूप यस अध्ययनले नोबेल पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ।
साथै इम्युनो अंकोलोजीले सकारात्मक छवि बनाएकाले भविष्यमा यस विधिले नेतृत्व लिन सक्ने सम्भावना बढिरहेको छ। मेडिकल अंकोलोजिस्टहरूले किमोथेरापी र औषधिको माध्यमबाट क्यान्सरको उपचार गर्दछन्। मेडिकल अंकोलोजीअन्र्तगत बच्चामा देखिने क्यान्सर तथा रक्त क्यान्सरको विशेषज्ञ पनि पर्दछन्। इम्युनो अंकोलोजी विश्वमा शुरुआती अवस्थामा रहेको र नेपालमा पनि यसको अभ्यास शुरू भइसकेको सम्मेलनको पहिलो दिन विशेषज्ञहरूद्वारा सञ्चारकर्मीहरूलाई जानकारी गराइयो।
सम्मेलनको उद्देश्य
नयाँ विधिको जानकारी गराउने उद्देश्यले नेपालमा विश्वका विशेषज्ञहरूको उपस्थितिमा नेपालका विशेषज्ञ, मिडियाकर्मी, स्वास्थ्य मन्त्रालयका नीति निर्माण तहका निर्देशक, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन, सूचना विभागका निर्देशकलगायतको समूहसँग नेपालमा मेडिकल अंकोलोजीको अवस्था र भविष्यमा राम्रो बनाउन के गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो।
छलफलमा नयाँ विधि प्रयोगमा ल्याउने क्रममा नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालयलगायत सहयोगी संघसंस्थाको कार्यान्वयनको पक्षमा भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा समेत बृहत छलफल भएको थियो।
सम्मेलनमा मेडिकल अंकोलोजीलगायतका सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने जनशक्ति, औषधि, कानुनी व्यवधानलगायतको पूर्तिका लागि सरकारको भूमिका समेत आंैल्याइएको थियो। सम्मेलनमा नेपालमा लामो समयदेखि इम्युनो अंकोलोजीमा अभ्यास गर्दै आउनुभएका वरिष्ठ चिकित्सका साथ भारत र बंगलादेशका अनुभवी विशेषज्ञहरूका साथ २ सयभन्दा बढीको सहभागिता रहेको थियो। सम्मेलनमा पहिलो दिन सञ्चारकर्मीलाई सही सूचना प्रवाहका लागि अन्तक्र्रिया गरिएको थियो । सम्मेलनको मूल उद्देश्य क्यान्सरसम्बन्धी अन्धविश्वास, क्यान्सरसम्बन्धी गलत सूचना, जनमानसमा परेका भ्रमबाट विषय विज्ञबाट प्रष्ट्याउने कार्यक्रम रहेको थियो।
बाबुआमालाई गर्ने व्यवहार तुच्छ किन ?
सहभागीहरूले यस्ता खाले अनगिन्ती प्रश्न अघि सारेका थिए। बाबुआमाले विशेष गरी छोरालाई बुढेसकालको सहारा, उत्तराधिकारी, मरेपछि काँध हाल्छजस्ता अन्धविश्वासमा रुमलिएर छोरालाई कुनै दुःख सुनाउनसम्म सक्दैनन्। तर, तिनै छोराले नै भन्छन्– ‘क्यान्सरको बिरामी छिटै मरिहाल्छ के उपचार गर्ने ? धेरै बाँचे १ वर्ष किन उपचार गर्ने ? श्रीमान्लाई क्यान्सर भयो भने श्रीमतीले ज्यानै दिन पनि तयार हुन्छन् र श्रीमान्को उपचारमा सर्वस्व सक्छन् तर श्रीमतीलाई क्यान्सर भयो भन्ने थाहा पाएपछि कतिपय श्रीमान्ले श्रीमतीलाई उपचार त के वास्तासम्म नगरेर अर्की श्रीमतीको खोजीमा लाग्छन्।
यति मात्र नभएर आफ्नो बाबु, आमा, दाजुभाइ, दिदी बहिनीलाई क्यान्सर भयो भने प्रायः पुरुष पन्छिन खोज्छन्। तर, श्रीमतीको बाबुआमा तथा भाइबहिनी भए भने उपचारका लागि लागी पर्छन्, आफ्नै आमाबाबुलाई गर्दैनन्। यसो गर्नु जनचेतनाको कमी र पारिवारिक बेमेलको वातावरण सिर्जना गर्नु हो। छोराको दाँजोमा बाबुआमाको उपचारमा छोरीले बढी नै लागी पर्छन्। अस्पतालमा बिरामी लिएर आउनेमा अधिकांश छोरी हुन्छन्। बाबुआमाले छोरा बिरामी हुँदा सर्वस्व सक्न तयार हुन्छन्। तर, तिनै छोराले बाबुआमाप्रति गर्ने व्यवहार तुच्छ किन ?
बाबुआमाले सबै सन्तानलाई समानरूपमा हेर्न सक्छन् तर, छोराले बाबुआमालाई किन त्यसरी हेर्न सक्दैनन् ? बाबुआमा बिरामी हुँदा कुन छोराले हेर्ने र कसको जिम्मामा राख्ने भन्ने चिन्ता बढी देखिन्छ। तर, बाबुआमाको मृत्युपछि सम्पत्तिमा भने बराबरी हक लाग्ने कानुनी अधिकार छ। बाचुन्जेल समानरूपमा व्यवहार गर्ने र हेर्नुपर्ने कानुन खोई ? यी प्रश्नले कानुनीरूपमा छोरा र छोरी दुवै बराबरी भन्ने मान्यता नदिनु नै प्रमुख दोषी देखिन्छ। कानुनमै समान हक समान व्यवहार भनिएको भए छोरा या छोरी दुवैले बाबुआमालाई पालन, पोषण, उपचार, हेरविचारमा समान व्यवहार गर्न बाध्य हुने थिए।
मेडिकल अंकोलोजीअन्र्तगत बच्चामा देखिने क्यान्सर तथा रक्त क्यान्सरको विशेषज्ञ पनि पर्दछन्। इम्युनो अंकोलोजी विश्वमा शुरुआती अवस्थामा रहेको र नेपालमा पनि यसको अभ्यास शुरू भइसकेको सम्मेलनको पहिलो दिन विशेषज्ञहरूद्वारा सञ्चारकर्मीलाई जानकारी गराइयो।
क्यान्सरप्रति वरिष्ठ चिकित्सकको धारणा
डा. भोला रौनियार
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
क्यान्सर लाग्नेबित्तिकै बिरामीको मृत्यु हुन्छ भन्ने बिरामी र बिरामीको परिवारमा भ्रम हो। अधिकांश क्यान्सरका बिरामी र म अर्थात् मेरो मान्छेलाई क्यान्सर भयो अब बाँच्छन् कि बाच्दैनन् ? बाँच्छन् भने कति समय बाँच्छन् ? नबाँच्ने भए किन उपचार गर्नु ? हामी भन्छौं क्यान्सर निको हुन्छ।
क्यान्सर लाग्नासाथ पहिचान भयो भने पूर्णरूपमा निको हुन्छ र लामो समय भएको भए पनि अवस्थालाई स्थिर राखेर उपचार गर्न सकिन्छ। यसो गर्दा बिरामीलाई सहज हुनुका साथै रोग बढ्ने सम्भावना कम हुन्छ, समयमै उपचार गरे क्यान्सर निको हुने रोग हो। नेपालमा मिर्गौला, फोक्सो, मुख, स्तन आन्द्राका क्यान्सर भएका रोगीहरू धेरैजसो अस्पताल आउने गर्छन्। क्यान्सर पनि मधुमेह, उच्च रक्तचाप, दमजस्तै हो। क्यान्सर लाग्नेबित्तिकै मरिन्छ भन्ने सोच्नु नै भ्रम हो।
डा. भिनित तलवार
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
क्यान्सर रोग पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा हुन्छ। पहिलो र दोस्रो अवस्थामा जुन भागमा क्यान्सर भएको छ त्यति मात्र असर गरेको हुन्छ। ३ र ४ तहमा पुग्दा शरीरका अन्य भागमा समेत फैलिने गर्दछ। यस्तो अवस्थामा बिरामीको अवस्थाअनुसार सर्जरी वा रेडियोथेरापीको माध्यमबाट उपचार गरिन्छ। अवस्थाअनुसार किमो थेरापीसमेत गर्नुपर्ने हुन्छ। दीर्घ रोगीलाई भने यी उपचार विधि अपनाउनुपूर्व नै सजगता अपनाउनुपर्छ।
डा. मदन पिया
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
मेडिकल साइन्समा गरिएको अनुसन्धानले ५ देखि १० प्रतिशतमा वंशाणुगत कारणले क्यान्सर हुने सम्भावना देखिएको छ। त्यसैले परिवार त्यस्तो देखिएमा समय–समयमा परीक्षण गराउने र खानपानमा ध्यान दिनाले क्यान्सर हुनबाट बच्न सकिन्छ। क्यान्सर धेरै चिनीको गुलियो खाएर हुने र नखाएर नहुने भन्ने हुँदैन। साथै प्लास्टिकको भाँडामा लामो समयसम्म फ्रिजमा राखेका खानाले पनि क्यान्सर लाग्ने सम्भावना हुन्छ। त्यसैले प्लास्टिकको भाडामा धेरै समेय फ्रिजमा राखेका खानेकुरा नखान सल्लाह दिन्छु।
पछिल्लो समय युवा पुस्ताले शोखका रूपमा प्रयोग गर्ने हुक्का तथा ‘भेप’को प्रयोगले क्यान्सर हुने सम्भावना धेरै हुन्छ। एक घण्टासम्म भेप प्रयोग गर्नु १ सय खिल्ली चुरोट खाए बराबर हानी पुर्याउँछ । सूर्तिजन्य पदार्थ चुरोट, खैनी, गुट्खा,
सुपारी आदिको निकोटिन र रसायन नै क्यान्सरको पहिलो माध्यम हो। यसबाट फोक्सो, पिसाबथैली र मुखको क्यान्सर हुन्छ। क्षणिक आनन्द र रमाइलो गर्दा जीवनभरि पछुतो हुनुका साथै धनजनको समेत क्षति हुन्छ।
डा. पुर्भिस पारिख
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
मोबाइलको तरंग अर्थात् रेडियसनले अन्य स्वास्थ्य समस्या हुन सक्छ तर क्यान्सर भने हुँदैन। गाईको गहँुत (पिसाब), जमरा, क्यान्सरको औषधि होइन। अहिलेसम्म विज्ञान प्रविधिमा कतै प्रमाणित भएको छैन। क्यान्सरको उपचारमा यलोपेथिक औषधि नै प्रयोग भएको छ।
डा. विष्णुदत्त पौडेल
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
पछिल्लो समय मानिसको व्यस्तता र बिलासीताको जिन्दगी बिताउने रहर र लहडमा लाग्ने व्यक्ति मात्र नभई व्यस्त जीवन जिउन बाध्य नेपालीले पनि फ्रिजमा हप्तौंदेखि खानेकुरा राखेर खान बाध्य भएका हुन्छन्। तर, झुक्किएर पनि प्लास्टिकका भाँडा (माइक्रोवेभ) ओभनमा प्लास्टिक नै जल्ने गरी तताएर खानु हुन्न। खानासाथ क्यान्सर हुने नभई लामो समय यसरी खाना प्रयोग गर्दा क्यान्सर हुन सक्ने सम्भावना अध्ययनले देखाएको छ।
डा. प्रकाशनिधि तिवारी
बाल क्यान्सर रोग विशेषज्ञ
क्यान्सरको मूल माध्यम भनेको जिनको समूहमा हुने गडबडी नै हो। बालबालिका बढ्ने समयमा यिनै तत्वको कमीले गर्दा हड्डीको क्यान्सर हुन सक्छ। तर, अधिकांश बालकालिकाको क्यान्सर वयष्कको दाँजोमा पूर्णरूपमा निको हुन्छ र उनीहरू अरु साधारण मान्छेजस्तै सबै काममा सक्रिय हुन सक्छन् र आयु पनि ७० वर्षको हाराहारीमा हुन्छ। बच्चा बेलामा क्यान्सर भएको थियो भनेर कुनै चिन्ता लिनुपर्दैन उपचार गरेपछि जीवनभर क्यान्सर मुक्त हुन्छ। बालबालिकामा रक्त क्यान्सर, ब्रेन र हड्डीको क्यान्सर बढी हुन्छ तर यो सरुवा रोग होइन।
डा. जया श्रेष्ठ
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
तातो पेयपदार्थ थोरै खाँदा औषधि धेरै खाँदा क्यान्सर पनि हुन सक्छ। चाइना र जापानमा बिहानदेखि बेलुकासम्म अत्यधिक ग्रीन टी खान्छन् त्यसैले ग्यास्ट्रो क्यान्सर बढी देखिन्छ। ग्रीन टीले क्यान्सर उपचार हुँदैन। निरन्तर तातो तातो खानाले आन्द्राको क्यान्सर हुने सम्भावना भने बढेर जान्छ।
डा. विजेशराज घिमिरे
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
खालि पेट राख्ने र डाइटिङ गर्नेहरूमा पनि क्यान्सर हुन्छ। मेरोमा आउने धेरै बिरामी ‘डाइटिङ’मा बस्ने रहेका छन्। खानाको मात्रा मिलाउनु र शरीरको ध्यान दिनाले क्यान्सर हुनबाट जोगिन्छ। भटमास पनि धेरै खाए असर गर्छ। त्यसैले प्रतिदिन एक पटकमा २ सय ३० एमएलदेखि २ सय ४० एमएलसम्म खा“दा शरीरलाई आवश्यक तत्व पूरा गर्छ। चिनीले क्यान्सर हुँदैन तर सख्खर र चाकु खाँदा चीनीको भन्दा फाइदा पुग्छ। सख्खर र चाकुमा आइरनको मात्रा हुने हुनाले चिनीले भन्दा शरीरलाई फाइदा पुग्छ।
डा. राजीव देव
वरिष्ठ मेडिकल अंकोलोजिस्ट
क्यान्सर यौन सम्पर्क, जुठो खाएर, छुँदा सर्दैन, यो सरुवा रोग होइन। बरु धेरै मानिस भएको ठाउँमा क्यान्सरका बिरामीलाई संक्रमण हुन सक्छ। त्यसैले स्वस्च्छ वातावारणमा हिँड्ने र स्वस्थ रहने कोसिस गर्नुपर्छ। आफ्नो सुरक्षा अपनाएर सामाजिक गतिविधिमा सहभागी हुने, दैनिक क्रियाकलाप गर्ने गर्नाले बिरामीमा डिप्रेसन हुँदैन।
डा. विशेष पौडेल
वरिष्ठ रक्त क्यान्सर विशेषज्ञ
रक्त क्यान्सर सरुवा रोग होइन र जमराको जुसले रक्त क्यान्सर निको पनि हुँदैन। यस्तो खाले भ्रम समाजका केही व्यक्तिले फैलाएका हुन सक्छन् तर कुनै पनि अध्ययन अनुसन्धानले प्रमाणित भने गरेको छैन।
रगतको क्यान्सर भएर जमराको जुस खाइरहेका बिरामीहरू पनि हामीसँग उपचार गराइरहेका छन्। किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीमा जमराको जुसले झनै असर पुर्याएको पाइएको छ। जमराको जुस सेवन गर्दा छातीमा संक्रमण भएर आउने बिरामी पनि धेरै छन्। रक्त क्यान्सरको उपचार सम्भव छ। समयमा उपचार गर्दा निको हुन्छ। रक्त क्यान्सरको उपचार किमो थेरापी वा बोन म्यारोबाट गर्न सकिन्छ। रगतको क्यान्सर हुँदैमा आत्तिनुपर्दैन।
कविता महर्जन
डाइटिसियन
अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामी डाइटमा बस्ने भन्नुहुन्छ। सबै खाद्यवस्तुको आ–आफ्नै गुण हुन्छ। रोग निको पार्ने निहुँमा डाइटिङमा बस्नु झन् खतरा हो। बिरामीहरूले बेसिजनका भन्दा सिजनल फलफूल खानु स्वास्थ्यका लागि उत्तम हुन्छ।
नेपालजस्ता मुलुकमा क्यान्सरको पहिचान नै ढिलो हुन्छ र रोग पहिचान भएपछि पनि धेरैजसो बिरामी र आफन्तले उपचारका लागि तदारुकता नदेखाउने कुरा सम्मेलनमा विशेषज्ञहरूले अनुभव साटासाट गरेका थिए। बायप्सी र सर्जरी गर्दा सबैखाले क्यान्सर फैलि“दैन झन् उपचार गर्न मद्दत मिल्छ। तर, बिरामी र हाम्रो समाजमा भ्रम के छ भने सर्जरी गरेपछि क्यान्सर फैलन्छ।
यस्तै भ्रमका कारण क्यान्सरका बिरामी र आफन्तले उपचार गर्न डराउँछन्। अझ अर्को गलत भ्रम क्यान्सर लाग्नेबित्तिकै मान्छे मरिहाल्छ किन उपचार गर्ने ? यस्तो कदापी नभएर ढिला गरी क्यान्सर पहिचान भएका कारण क्यान्सर रोग जटिल बनेको हो। समयमै उपचार गरे क्यान्सर निको हुने क्यान्सर रोग विशेषज्ञ
डा. सुदीप श्रेष्ठ बताउनुहुन्छ।
प्रतिक्रिया