एआईजीलाई प्रदेश प्रमुख बनाउनुपर्छः पूर्वमन्त्री शर्मा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने बताउनुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका नेकपाका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क राख्नुभयो

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने बताउनुभएको हो ।

संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उहाँको तर्क रहेको थियो ।