कारागारभित्रै मृत भेटिए कैदी

0
Shares

रामधन राई, खोटाङ ।
जिल्ला कारागार शाखा खोटाङका एक कैदी शौचालयमा मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका केपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई मृत फेला परेको हो ।

२०७१ माघमा श्रीमतिको हत्या गरेको अभियोगमा जेल जीवन विताईरहेको राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएका छन् ।

आईतबार साँझ पौने सात बजे समुहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताउनुभयो । २०७१ फागुन १४ गते पुर्पक्षको लागि कारागार पठाईएको राईलाई २०७२ असार २७ गते जिल्ला अदालतले २० बर्ष कैद सजायको फैसला गरेको थियो ।

कैदी राई तान बुन्ने डोरीमा झुण्डिएको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताउनुभयो ।

राई केही दिनदेखि तनावमा देखिएको जनाईएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।