सिरिन्ज आक्रमणले काभ्रेमा हंगामाः कारवाहीको माग गर्दै स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ

0
Shares

नेपाल समाचारपत्र, काभ्रे ।

स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्।

आक्रोशित स्थानीयले समातिएका उक्त व्यक्तिलाई कडा कारबाहीको माग गर्दै हरी कार्यालयमा घेराउ गरेका छन् ।

त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

यद्यपी समातिएका उक्त व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।जिल्ला प्रहरी कार्यालय, काभ्रेले सिरिन्ज आक्रमण गराउन खोज्ने ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएको छ।

आक्रमणको आरोप लागेका व्यक्तिको परिचय खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।