सरकार विरुद्ध खरो रुपमा उत्रिने नेविसंघ र तरुणदलको चेतावनी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
भारतवाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगरी नेपाल भित्रन दिने सरकारको निर्णय विरुद्ध प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस खरो रुपमा उत्रिएको छ ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको परिक्षण वेगर नेपाल भित्राउन आदेश दिएको भन्दै सदन तताई रहेको प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसको भातृ संगठनहरुपनि विरोधमा उत्रिएका छन् ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो दिन काग्रेस केन्द्रिय समितिको तर्फबाट विज्ञप्ती जारी गर्दै सरकारको यस कदमको चर्को विरोध गरेको भोलीपल्टै भातृ संगठन नेविसंघले सरकार विरुद्ध सडकमा प्रदर्शन गरेको छ ।

भारत र तेस्रो मुलुकबाट नेपालमा आयातहूने तरकारी तथा फलफुलको विषादी परिक्षण गरेर मात्र नेपाल भित्राउनु पर्ने भन्दै नेविसंघले आइतवार राजधानीमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो । भारतीय दवावमा सरकारले विषदी परिक्षण वेगर तरकारी तथा फलफुल नेपाल भित्राएको भन्दै नेविसंघले सरकार विरुद्ध नारावाजी सहित राजधानीमा विरोध प्रर्दशन गरेको थियो ।

काग्रेसको अर्को भातृ संगठन नेपाल तरुणदलले पनि सरकारले आफ्नो निर्णय सच्चाई विषादी परिक्षण गरेरमा तरकारी तथा फलफुल नेपाल भित्राउने वातावरण नबनाए सरकार विरुद्ध शसक्त रुपमा अघि बढ्ने जनाएको छ ।

तरुण दलका कार्यवहाक अध्यक्ष उत्तम चापागाईले मानवीय जनस्वास्थ्यको विषयलाई उपक्षा गर्दै सत्ता बचाउने राजनीतिमा लागेर सरकारले विना परिक्षण भारतबाट तरकारी तथा फलफुल आयात गरेको बताउदै सरकार नसच्चिय आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो ।