प्रहरीद्धारा सिसिक्यामेरा जडान

0
Shares

विमल विष्ट, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले बजारमा हुने अनैतिक क्रियाकलाप नियन्त्रणकालागि सिसिटिभी क्यामेरा जडान गरेको छ ।

यहाँका बिभिन्न क्षेत्रमा हुने अबाञ्छित गतिविधि रोक्नका लागि जिल्ला प्रहरी कार्यालय डोटीको कन्ट्रोल रुममा निगरानी गर्नकालागि सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजार लगायत अन्य सावैजनिक स्थानमा हुने अबाञ्छित गतिविधि नियन्त्रणकालागि हामीले सिसि क्यामेरा जडान गरेकोछौँ,यसले गर्दा अपराध नियन्त्रणगर्न सजिलो हुने छ ।”

प्रहरीले बजार तथा प्रहरी परिसर र प्रहरी कार्यालय संगै जोडिएको पहलमानसिंह स्वाँर राजमार्गमा कुल रु २ लाख ३७ हजारमा सात वटा सिसि क्यामेरा जडान गरेको छ । सिसिटिभी क्यामेरा जडान भएपछि यहाँको शुरक्षालाई मजवुत बनाउन सकिने र सुधारका अन्य कार्यहरु सञ्चालन गर्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी बिद्यानन्द माझीले बताउनुभयो ।

उहाँका अनुसार यात्रुहरुको सहजताका लागि बस पार्क क्षेत्रमै नागरिक सहायता केन्द्र समेत स्थापना गरिएको छ ।

यात्रुहरुका गुनास सुन्न र निराकरण गर्नका लागि उक्त केन्द्र स्थापना गरिएको हो ।
मर्कामा परेका यात्रुहरुले नागरिक सहायता केन्द्रमा सम्पर्क गरे तत्कालै समस्या समाधानका लागि पहल गर्ने व्यवस्था गरिएको एसपी माझीको भनाई रहेको छ ।