परीक्षा बोर्डको मिति सर्ने पुरानै रोगः पुरक परिक्षाको मिति सर्यो

0
Shares

एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ।

यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ ।

२ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको हुनेछ ।

भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, र त्यही दिन वेद विद्याश्रमबाट अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको हुँदैछ।

यस्तै, भदौ ५ गते अनिवार्य सामाजिक, भदौ ६ गते अनिवार्य स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा सञ्चालन हुँदैछ। सोही दिन वेदविद्याश्रमका तर्फबाट अनिवार्य कर्मकाण्ड वा अनिवार्य फलित ज्योतिष र प्रविधिकतर्फका परीक्षा हुनेछन्।

यसैगरी, भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा रहेको छ।

भदौ ९, १०, ११ गते तीनै दिन प्राविधिक विषयका परीक्षा रहेका छन्।