गुल्मीमा ३ जनाको शंकास्पद मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी ।

गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर निवासी ४२ वर्षिय काशीराम पाण्डेय तम्घास नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (एिसपी) मिनबहादुर घलेले बताउनु भयो ।

पाँच दिन देखि बेपत्ता भएका पाण्डेयको सव शुक्रवार रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ खानिगाउँ स्थित जंगलमा ज्याकेटले मुख छोपेर सुतिरहेको अबस्थामा फेला परेको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका पाण्डे काम गर्न भनि निस्कीएको परिवारले जनाएका छन् ।

उनि गत असार १६ गते देखि परिवारबाट सम्पर्क बिहिन भएका थिए । उनलाई खोजि गर्न भन्दै आफन्तले प्रहरीकहाँ निबेदन दिएका थिए ।
सवलाई पोष्ट मार्टम गर्न गुल्मी अस्पताल ल्याइदै छ । मृतक पाण्डेको मृत्यु बारे कुनै कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको (एिसपी) घलेले बताउनु भयो ।

जिल्लामा ४ दिनमा तिन जनाको मृत्यु भएको छ । तिन मध्ये असार १७ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको थियो ।

सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको दाउरा काटने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो यसरी गुल्मीमा ४ दिनमा लगातार ३ जनाको मृत्यु भएको छ ।