उत्कृष्ट कृषकलाई पुरस्कार

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ ।

कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण वढाउनका लागी मन्त्रालयले पुरस्कार वितरण गरेको हो ।

भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा आज एक कार्यक्रमका विच सुर्खेतको वीरेन्द्रनगरमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतवाट छानीएका उत्कृष्ट कृषक,समुह र सहकारी लाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सुर्खेतका नौ वटा स्थानीयतह वाट २/२ जना छनौट गरेर जिल्ला स्तरमा पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार र कृषक प्रोत्साहन कार्यक्रम गरेर ३३ जनालाई पुरस्कार प्रदान गरिएको भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका सुचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगत स्थानीयतह वाट गाइ ,भैसी, बाख्रा,कुखुरा र माछा पालन ब्यवसाय संचालन गरेका कृषक मध्यवाट एक जना महिला र पुरुष गरेर १८ जना उत्कृष्ट कृषक, जिल्ला स्तरिय गाइ भैसी, बाख्रा,कुखुरा र माछा पालन ब्यवसाय संचालन गरेका कृषक, समुह, सहकारी र कृषि फार्म मध्येवाट ४ जना र उत्पादनका आधारमा दिइने प्रोत्साहन कार्यक्रम अन्तरगत जिल्ला भरिवाट प्रतिनिधित्व हुने गरि ११ जना सफल कृषकलाई पुरस्कार प्रदान गरिएको गिरीले जवानकारी दिनुभयो ।

स्थानीयतहवाट छानीएका मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वाट १८ जना कृषकलाई प्रति कृषक रु १५ हजारका दरले २ लाख ७० हजार , उत्पादनका आधारमा दिइने प्रोत्साहन अन्तरगत रु ४ लाख २९ हजार र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्ला स्तरका लाई रु एक लाख ३५ हजार प्रदान गरिएको उहाँले वताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा वोल्दै कृषिमन्त्री विमला केसीले कर्णालीमा कृषिमा आर्कषण वढाउन र वास्तविक कृषकलाई सम्मान गर्न मन्त्रालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको कार्यक्रमको ब्यवस्था गरिको जानकारी दिनुभयो ।

कृषि पेशा र कृषकलाई हेला गर्ने गरिएको भन्दै मन्त्री केसीले अव सवैले कृषिमा लगानी गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कृषि पेशा तथा कृषकलाई सम्मान र प्रवद्धन गरेर मात्र समृद्धी सम्भव भएकोले कर्णाली सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री केसीले वताउनुभयोे ।

प्रत्येक जिल्लावाट एक जना महिला र पुरुष लाई छनौट गरेर प्रदेश स्तरमा पनि पुरस्कार प्रदान गरिने मन्त्री केसीले जानकारी दिनुभयो । कर्णालीका १० जिल्लाका उत्कृष्ट कृषकहरुवाट एक महिला र एक पुरुष गरेर २० जना प्रदेशमा आउने तथा उनिहरु मध्येवाट प्रदेशको उत्पादक नायक र नायिका घोषणा गरिने उहाँले वताउनुभयो ।

प्रदेश स्तरीय उत्कृष्ट नायक र नायिका लाई जनही २ लाख ५० हजार सम्मान स्वरुप पुरस्कार प्रदान गरिने पनि मन्त्री केसीले जानकारी दिनुभयो ।