नेपाल एसबीआई बैंकका अध्यक्ष बीआरएस सत्यनारायणद्वारा सपथ


काठमाडौं, (नेस)
नेपाल एसबीआई बैंक सञ्चालक समितिको ४३८औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका सञ्चालक बीआरएस सत्यनारायणलाई बैंक सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष बीआरएस सत्यनारायण एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआईका एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङस“ग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बीआरएस सत्यनारायणलाई नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।