एभरेष्ट बैंकद्वारा प्रदूषणमुक्त शवदाह मेसिन स्थापना


काठमाडौं, (नेस)
एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरणमैत्री शवदाह गृह प्रणाली स्थापना गरेको छ । मेसिनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ ।

जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० किलोभन्दा बढी प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउ“छ र वन विनासलाई नियन्त्रण गर्दछ ।

यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवा“ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थ वायुमण्डलमा पुग्नुअघि हटाउछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउ“छ ।

उक्त मेसिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।