सिभिल बैंकको नयाँ दौबहालमा


काठमाडौं, (नेस)
सिभिल बैंकले रञ्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ ।

सो शाखाको उद्घाटन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गर्नुभयो । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले अध्यक्षता गर्नु भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप ऊर्जा प्रदान गर्ने कुरा प्रस्ट पार्नुभयो र रञ्जना लिपिसहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताउनुभयो ।

त्यसैगरी प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिङ इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहु“चलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताउनुभयो ।