बेलायतबाट पनि मेगा रेमिट सेवा


काठमाडौं, (नेस)
मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ ।

मेगा रेमिट सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमिट्यान्स कारोबार विस्तार गरेको हो । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।