बैंकको ब्याजदर एकल अंकमा सीमित हुनुपर्नेमा महासंघको जोड


काठमाडौं, (नेस)
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई सुझाव पेस गरेको छ । महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकलाई २१ बु“दे सुझाव पठाएको हो । महासंघले उद्योग क्षेत्रलगायत उत्पादनशील निजी क्षेत्रलाई प्राथमिकतामा राख्दै मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

महासंघले व्यवसायी तथा उद्योगीलाई प्रदान गरिने ऋणको ब्याजदर एकल अंकमा हुनुपर्ने, स्प्रेडदर तीन प्रतिशत कायम गरिनुपर्ने र बेस रेट गणनाको विधि समयसापेक्ष परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै बैंकहरुको चुक्तापु“जी आठ अर्ब पुगिसकेको सन्दर्भमा एक अर्बभन्दा बढीको कर्जामा सहवित्तीयकरण गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी दुई अर्ब गरिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै नाफामूलक संस्थाका बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदरभन्दा बढी नहुने गरी ब्याजदर कायम गरिनुपर्ने, १० लाखभन्दा कमको बचतमा केवाईसी उदार हुनुपर्ने पनि उल्लेख गरिएको छ।

ऊर्जा उत्पादन क्षेत्रमा बैंकहरुले १५ प्रतिशत लगानी गर्नैपर्ने र जलविद्युत् क्षेत्रको लागि दिइने कर्जामा ब्याजदर परिवर्तन हुनु नहुने सुझावसमेत महासंघले दिएको छ । महासंघले शुक्रबारको आधा छुट्टी र शनिबारको बिदाले तीन दिनको काम प्रभावित हुने हु“दा शुक्रबारको बिदा कट्टी गर्दै शनिबार र आइतबार पूर्ण छुट्टीको व्यवस्था गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय सिस्टमस“ग मिल्दो बनाउनुपर्ने सुझाव दिएको छ।