चेम्बर एक्पो हुने


काठमाडौं, (नेस)
नेपाल चेम्बर अफ कमर्सले आगामी फागुन १३ गतेदेखि १७ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पा“चौ नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउ“दै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताउनुभयो । ‘झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा कुराकानी भइरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।’ श्रेष्ठले भन्नुभयो ।

‘निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनमा सहभागितासं“ग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । पछिल्ला चार पटकसम्मको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्सले मेलाको पा“चौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।’ चेम्बर अफ कमर्सका मेला समिति संयोजक राष्ट्रभूषण चाकुबजीले भन्नुभयो ।

यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नया“ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

‘यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीस“गै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेलाको व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ ।’

मेलाको व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भन्नुभयो । मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्ष रहने छन् जसमा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता रहने छ । नेपाललगायत भारत, चीन, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन्