नेपाल प्रहरीमा सरुवाः नयाँ बसपार्कमा सन्तोष कुमार दाहाल, समाखुसीमा मोहन विक्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सन्तोष कुमार दाहालको सरुवा भएको छ । बसपार्कमा कार्यरत मोहन विक्रम केसीलाई सामाखुसी स्थित पहरागणमा सरुवा गरिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरि बहादुर बस्नेतको सरुवा भएको छ ।

पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहिको ईलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्र बहादुर बमको सरुवा भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्र बहादुर रोकायालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै, जिल्ल ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ । कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाल लगायत १८ जनाको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।