अशक्त व्यक्तिलाई आत्मनिर्भर बनाउन तालिम

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।
सिप सिकौ, उद्योग गरौ, आम्दानी वढाऔ, भन्ने उद्धेश्यका साथ घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटले अशक्त अपाङ्ग तथा उद्यमी वन्न चाहाने युवा युवतीहरुलाई आत्म निर्भर वनाउन तालिम दिएको छ । आत्म निर्भर बन्ने तालिम लिन पाउदा अपाङ्ग व्यक्तिहरु खुशी भएका छन् ।

जाजरकोटका करिव ३० जना युवा युवतीहरुलाई सदमुकाम खलंगामा मोटर साइकल मर्मत, व्युटि पार्लर, सिलाई कटाई तालिम गत जेठ १८ गते शुरु गरेको थियो । कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा एक महिने तालिमको आयोजना गरेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटका तारा खाँणले वताउनु भयो ।

अपाङ्गले केहि गर्न सक्दैन्न भन्ने सपाङ्ग मानिसहरुको वुझाईलाई सिप बिकास तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गरी आत्म निर्भर बन्ने वताएका थिए । एक महिनाको तालिम लिएपछि जिवन जिउनलाई केहि गर्न सकिन्छ भन्ने इच्छा शक्ति आएको वताएका थिए ।

प्रमुख जिल्ला अधिकार ललित कुमार वस्नेतले प्रशिक्षार्थीहरुको इच्छा अनुसार तालिमको आयोजना गरी उनीहरुलाई आत्म निर्भर वनाउने वाटो खुल्ला गरेकोमा घरेलु तथा साना उद्योग विकास समितिले शाखा कार्यालय जाजरकोटलाई धन्यवाद दिनु भएको थियो ।

उहाँले आगामी दिनमा तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी आत्म निर्भर हुन सहभागीहरुलाई आग्रह गर्नु भयो । तालिममा सहाभागी व्यक्तिहरुले आफनो व्यवसायी संचालन गरी वस्न सुझाव दिनु भएको थियो ।

तालिममा सहभागीहरुले समय अवधि थोरै भएकोले महत्वपुर्ण कुराहरु पुरा नभएकोले आगामी दिनमा तालिम संचालन गर्न सरोकारवाला निकायका प्रमुखहरुसग आग्रह गरेका थिए ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटका प्रमुख चेतनाथ घिमिरेले कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरेको वताउनु भयो ।

मन्त्रालयबाट आर्थिक वर्षको अन्तिम समयमा वजेट प्राप्त भएपनि केहि काम गरेर वेरोजगार युवा युवतीहरुलाई सिप सिकाई उनीहरुलाई आत्म निर्भर वनाउनु पर्छ भन्ने उद्धेश्यका साथ आर्थिक वर्षको अन्तिममा प्राप्त भएको वजेटबाट प्रशिक्षार्थीहरुको इच्छा अनुसार तालिम संचालन गरेको वताउनु भयो ।

व्यवसाय गर्ने व्यक्तिहरुलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गर्ने बताउदै इच्छुक प्रशिक्षार्थीहरुलाई प्रक्रिया पुरा गरेर आउन आग्रह गर्नु भयो । उहाँले घरेलु तथा साना उद्योग विकास समितिले दिएको तालिमबाट पेशा व्यवसाय गरी आत्म निर्भर वन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।

तालिमबाट सिकेका कुराहरुलाई सदुपयोग गर्न व्यवसाय संचालन गरी स्वरोजगार वन्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनु भएको थियो । सहभागीहरुले दिएको जिज्ञासाको सम्वोधन गर्दै प्रमुख घिमिरेले आगामी आर्थिक वर्षको कार्यक्रमबाट व्यवासाय गरी वसेका व्यक्तिहरुलाई पुन तालिम दिने वताउनु भयो ।