नेपाल समाचारपत्र, पोखरा ।
राजीव गुरुङ अर्थात दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
बिहीबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले टीका लगाएर नेकपाको विधान दिँदै गुरुङलाई पार्टीमा स्वागत गरेका हुन्। उनी नेकपामा प्रवेश गरेसँगै गण्डकीमा नेकपाको दुईतिहाई पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।
मनाङ ख बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए। तर, फौजदारी मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्। अहिले सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई नयाँ कानुन अनुसार सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न दिएपछि बाटो खोलिदिएको थियो। त्यसपछि मनाङेले प्रदेश सांसदको रूपमा सपथ लिएका थिए।
उनी योभन्दा पहिले पनि नेकपा एमालेमा दुई पटक प्रवेश गरिसकेका थिए। उनी यस अगाडि नेकपा एमाले काठमाडौं जिल्ला कमिटी र मनाङको चामेमा भएको नेकपा एमालेको कार्यक्रममा पार्टी प्रवेश गरिसकेका थिए।
हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन्। राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।











प्रतिक्रिया