दुई किलो चरेस सहित एक पक्राउ

0
Shares

दार्चुला । दार्चुलामा दुई किलो ५ सय ग्राम चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का २८ वर्षिय रमेश सिंह ठगुन्ना रहेका छन् ।

बुधबार राती ११ बजे ठगुन्नालाई प्रहरी चौकी दल्लेकले पक्राउ गरी विहीबार विहान ९ बजे जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको बुझिएको छ । चरेस सहित ठगुन्ना पक्राउ बारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी हिक्मत बहादुर बोहरा संग जानकारी लिदा उहाले अनुसन्धान भैइरहेको बताउनु भयो ।

‘अहिले नै सबै जानकारी दिन मिल्दैन अनुसन्धानको क्रममा छौ, अनुसन्धान पछि मात्रै सबै जानकारी दिन सकिन्छ उहाले भन्नुभयो ।’ चरेस वसारपसारमा अन्य दुई जनाको संलग्नता देखिएका कारण उनिहरुलाई समेत पक्राउ गर्न सुचना गोप्य राख्न खोजिएको उहाले फोनमा बताउनु भयो ।