अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, ५ गम्भीर

0
Shares

अर्घाखाँची । अर्घाँखाँचीको सुपादेउरालीमा जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थल मै मृत्यु भएको छ ।

कपिलबस्तुबाट सन्धिखर्क जादै गरेको जिप अर्घाखाँचीको सुपादेउराली नजिकै लु १ ज १३२९ नम्बरको जिप सडकबाट तला खोल्ािमा खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार त्यस जिप धनी तथा चालक अर्घाखाँची कै भुमिकास्थान नगरपालिका ३ का अन्दाजी ५० बर्षिय समुन्द्र भुसालको मृत्यु भएको छ । भिरका अड्किएको अर्को शवको सनाखत हुन सकेको छैन ।

११ जना सवार मध्ये ५ जना गम्भीर घाईतेलाई उपचारका लागि बुटवल तर्फ पठाईएको छ । गाडी खोलामा झरेकोले उद्धार कार्यमा समस्या आईरहेको बताईएको छ ।