लिबियााम हवाइ आक्रमणः १ नेपालीसहित ४३ को मृत्यु, शव ल्याउनै मुस्किल

0
Shares

एजेन्सी, लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एब नेपालीको मृत्यु भएको छ ।

उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि रहेको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको हो ।

आइओएमले दुई दिनअघि दूतावाससँग श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो। तर उनी नेपाल फर्किन पाएनन्।

दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ।

ुथप छ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन्। जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेका छौं,ु दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ।